२ श्रावण २०८३, शनिबार

टुर एण्ड ट्रावल्सद्वारा शुभकामना आदानप्रदान

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १६:५६ मा प्रकाशित

असाेज २४ कृष्णनगर टुर एण्ड ट्रावल्स एसाेसियसनकाे अायाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। एसाेसियसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

कार्यक्रममा नेपाल र भारतका स्थानीय जनप्रतिनिधि , संघसंस्था प्रतिनिधि, संचारकर्मी तथा कृष्णनगर टुर एण्ड ट्रावल्सका पदाधिकारी लगायतले आफ्नाे शुभकामना मन्तव्य राखेका थिए । दुवै देशमा विद्यमान राजनितिक, समाजिक, संस्कृतिक सम्बन्धलाई नियाल्दै वक्ताहरुले टुर एण्ड ट्रावल्स सेवाका माध्यमले पनि आपसी सम्बन्धमा मजबुती आउने बताएका छन ।

कार्यक्रममा भारत सिद्धार्थनगरका भाजपा युवा माेर्चा अध्यक्ष राजु शाही, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता,लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, जसपा प्रदेश पाँच प्रवक्ता अकरम पठान,पि.आर .सी .का भुमिराज भट्टराई , आफन्त नेपालका केसर विश्वकर्मा लगायतकाे उपस्थित थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x