१ श्रावण २०८३, शुक्रबार

डा.गोविन्द केसीलाई प्रहरीले जबरजस्ती घिसार्दै ट्रमा सेन्टर पुर्‍याए

एसीपी संवाददाता

६ आश्विन २०७७, मंगलवार ०९:२९ मा प्रकाशित

नौ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई प्रहरीले जबरजस्ती घिसार्दै राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसरमा बस्नुभएका डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुग्नुभएको छ ।

डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आउनुभएको हो । डा केसीलाई उहाका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो । ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिनुभएको थियो ।

तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगिएको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो । त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आउनुभएको थियो । आफ्नो माग पुरा गर्न थप दवाव दिने भन्दै केसी काठमाडौं आउनुभएको हो ।

सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।

डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरुले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरुलाई उनलाई भेट्न दिइएको छैन ।

काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका थिए ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पुर्‍याएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] डा.गोविन्द केसीलाई प्रहरीले जबरजस्ती… […]

1
0
Would love your thoughts, please comment.x
()
x