तरही मुशायरा सम्पन्न ।
नेपालगञ्ज, असोज २५
गुल्जार—ए—अदब नेपालगञ्जद्वारा आयोजित ५ सय ९१औं मासिक तरही मुशायरा नेपालगञ्जमा सम्पन्न भएको छ ।
तरही मिसरा ‘खुद अपने घरकाे जलाया है, काेई बात ताे है’ रहेको थियो । मुशायरामा ‘शायर’ कविहरुले आफ्नो गजलहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मित्र राष्ट्र भारतबाट आएका शायर रोशन जमीरकाे विशेष उपस्थिति रहेको थियो । नेपालबाट प्रख्यात शायर सैयद अशफाक रसूल हाश्मी ‘सैयद नेपाली’ गुल्जार—ए—अदबका अध्यक्ष मुस्तफा अहसन कुरैशी ‘अहसन’, नुरुल हसन राई ‘नूर’, डाक्टर जैनुल आब्दीन, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, अनिश शाह, नूर मोहम्मद अन्सारी, सैयद आसिम सरवर लगायतका शायरहरुले मिसरामा आधारित रहेर आफ्ना गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डाक्टर जैनुल आब्दीनले मुशायराले उर्दु भाषाकाे उत्थानमा अहम् याेगदान पुर्याईरहेकाेले कार्यक्रमकाे निरन्तरताकाे लागि जाेड दिनु भयाे ।
नेपालगञ्जकाे महेन्द्र पुस्तकालयमा सम्पन्न उक्त मुशायराको अध्यक्षता वरिष्ठ शायर सैयद अशफाक रसूल हाश्मी ‘सैयद नेपाली’ले गर्नुभएको थियो भने सञ्चालन नूर माेहम्मद राईले गर्नुभएको थियो ।
कार्यक्रमा हाजी जाकिर हल्वाई लगायतका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।





