२ श्रावण २०८३, शनिबार

तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार १३:३३ मा प्रकाशित

फाइल तस्बिर

नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले  बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए। उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ,  काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा  जेष्ठ नागरिक मन्त्री  नियुक्त गरेका हुन् ।

“थरुहट प्रदेशको सिमान्कन संशोधन बिना देउखुरीलाई राजधानी बनाउने कुरामा हाम्रो घोर आपत्ति

नेपाली भुमि फिर्ता गर,हिन्दू संस्कृति माथी हस्तक्षेप बन्द गर भन्दै बिरोध प्रदर्शन

नवनियुक्त तीन मन्त्रीले भोलि बिहान शितलनिवासमा सपथ लिने भएका हुन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् । त्यस्तै  यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालिरहेका पार्वत गुरूङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ। सेतोपाटीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x