२ श्रावण २०८३, शनिबार

तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी सिन्जियाङमा नरसंहार भएको दावी

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार ०५:१४ मा प्रकाशित

वाशिंगटन । निर्वासनमा रहेका पूर्वी तुर्किस्तानका प्रधानमन्त्री सलीह हुदायरले सोमबार संयुक्त राज्य अमेरिकाले चीनले सिन्जियाङमा नरसंहार गरिरहेको कुरालाई राम्रोसँग बुझ्‍न आवश्यक भएको बताएका छन् ।

उनले भने, “चीनले कब्जा गरेको पूर्वी टर्किस्तान अथवा कथित सिन्जियाङमा के गरिरहेको छ ? चीनले त्यहाँ नरसंहार र उपनिवेशबाहेक अरु केही छैन ।” “अमेरिकी विदेश मन्त्रालय र व्हाइट हाउसले चीनले नरसंहार गरिरहेको कुरालाई स्वीकार गर्दै मानवअधिकारविरुद्धको सीसीपीको अपराध रोक्न कडा कारबाही गर्नुपर्छ, “हुडायरले ट्वीटमा भने ।

चीनले शुरु गर्यो जग्गा नापने काम नेपालले कहिले शुरु गर्ने

प्रधानमन्त्रीको नाम जोडिएको बुढीगण्डकी जलविद्यत् आयोजना फेरि चर्चामा

सिन्जियाङमा चीनले गरेको अत्याचारमा अमेरिकी विदेश मन्त्रलयले जारी गरेको भिडियो सन्देशको प्रतिक्रियाका क्रममा उनले यस्तो बताएका हुन् । अमेरिकी विदेशमन्त्रालय भनेको छ, “सिन्जियाङमा चिनियाँ कम्युनिष्ट पार्टीले जबरजस्ती जनसंख्या नियन्त्रण लगायत उइगरहरु र अन्य अल्पसंख्यक समूहका सदस्यहरू विरुद्ध मानवीय अधिकार उल्लंघन गरेको छ ।

जबरजस्ती श्रम, र सांस्कृतिक तथा धार्मिक अभिव्यक्तिको दमन गरिरहेको छ । ” सिन्जियाङमा करिब १० करोड उइगरहरु छन् । तुर्किक मुस्लिम समूहले सिन्जियाङको जनसंख्याको लगभग ४५ प्रतिशत जनसंख्या ओगट्छ र यसले लामो समयदेखि चीनका अधिकारीहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक विभेदको आरोप लगाएको छ ।

माओवादीहरू प्रधानमन्त्री ओलीको चरणमा लम्पसार छन्-भट्टराई

अमेरिकी अधिकारीहरु र संयुक्त राष्ट्रका विज्ञहरुका अनुसार सिन्जियाङमा मुस्लिम जनसंख्याको ७ प्रतिशतलाई “राजनीतिक पुन: शिक्षा” शिविरहरूको विस्तारित नेटवर्कमा कैद गरिएको छ । अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टमेन्ट जर्नालिष्ट्सले गत वर्ष गरेको चिनियाँ केबुल भनेर चिनिने वर्गीकृत कागजातहरूले विश्व मुसलमानहरुलाई विश्वव्यापी नियन्त्रण गर्न चिनियाँ सरकारले कसरी टेक्नोलोजी प्रयोग गर्छ भन्नेमा खुलासा गरेको थियो ।

यद्यपि चीनले यस्ता दुर्व्यवहारलाई नियमित रूपमा खण्डन गर्दै र शिविरहरूले व्यावसायिक तालिम प्रदान गरेको बताइरहेको छ । सााभार – नेपालपानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी … […]

trackback

[…] तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी … […]

trackback

[…] तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी … […]

3
0
Would love your thoughts, please comment.x
()
x