१२ असार २०८३, शुक्रबार

“थरुहट प्रदेशको सिमान्कन संशोधन बिना देउखुरीलाई राजधानी बनाउने कुरामा हाम्रो घोर आपत्ति

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार ०५:३१ मा प्रकाशित

प्रदेश न ५ को नामाकरण लुम्बिनी प्रदेश र राजधानी देउखुरी क्षेत्रलाइ तोकिएपछि यसको समर्थन र बिरोध जारि रहेको छ ।पहिचान पक्षधरहरुले लुम्बिनी थरुहट मगरात प्रदेश नामाकरण हुनु पर्ने माग गर्दै बिरोध जनाउदै आएको छ भने बुटवलमा राजधानी हुनु पर्ने भन्दै नेपालि कांग्रेस रुपन्देहीले बिरोध गर्दै आएको छ।यसै बीच थारु अधिकारवादी संस्थाहरुलाई खासै औपचारिक प्रतिक्रिया नदिएको अवस्थामा थारु अगुवा सुरेन्द्र चौधरीले ६ बुदे सम्बोधन हुनु पर्ने प्रतिक्रिया दिनु भएको छ ।

उहाको प्रतिक्रिया “थरुहथ प्रदेशको सिमान्कन संशोधन बिना देउखुरी लाई राजधानी बनाउने कुरामा हाम्रो घोर आपत्ति छ।भालुवाङ देउखर मात्रै होइन नवलपरासी देखी कंचन्पुरको भुभागको सीमांकन संसोधन बिना तराइको कुनै पनि जिल्ला हरुमा राजधानी राख्ने प्रस्ताब भित्र राजनीतिक जालसाजी छ भन्ने हाम्रो सुरु देखीको निष्कर्श रहेको छ । कैलाली र कंचन्पुरका ठारुहरुले पनि ७ नम्बर प्रदेशको राजधानी पहाडको जिल्ला हरुमा लैजान सुझाब दिएको कुरा स्मरण गरौँ ।

५ नम्बर प्रदेश्को राजधानी मगर हरुलाई केन्द्रित गरी मध्य पहाडी राजमार्ग सँग जोडीएको ठाउँँमा वा मगर बाहुन्य बह्एको कुनै पनि जिल्लाहरुमा राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो । प्रद्शको सीमांकन संशोधन पछी दाङ देउखुरी वा घोराहीमा प्रदेशको राजधानी राख्नु को बिकल्प छैन । तर पहिले थरुहत प्रदेशको लागि सीमान्कन संसोधन पश्चात मात्र देउखुरी लाई राजधानी बनाइयोस । अहिलेको राजधानी भालुबाङलाई पनि सीमा संशोधन पश्चात राख्न सकिन्थ्यो । अब उप्रान्त यो ठाउँँको बारेमा कुनै पनि कुरा निर्णय गर्नु भन्दा पहिले निम्न कुराहरुको संबोधन गर्नै पर्ने हुन्छ ।

१- यदी देउखुरीलाई राजधानी राख्ने हो भने देउखुरी क्षेत्रलाई थारु बिशेष संरक्षित क्षेत्र घोषणा गर्नु पर्दछ ।

२- भालुबाङ देउखुरीको राप्ती नदीको मुखैमा अवस्थित रहेकोले कुनै पनि शहरको योजना ल्याउनु भन्दा पहिले शहरको ढल ब्यवस्थापन कसरी गर्ने ? यस्को आधुनिक प्रबिधी शहीतको ढल ब्यवस्थापन गर्नु पर्दछ ।

३- बिश्वमानै नदीको (River Basin) वरीपरी शहर बसाल्ने कुरालाई निषेध गरिंदैछ। भालुवाङ पनि नदीको माथिल्लो भाग भएकोले साना साना River Basin हरुमा पर्ने प्रभाबलाई कसरी न्युनिकरण गर्ने ? सरकार सँग बिस्त्रीत खाका शहीतको योजना आउनु पर्‍यो ।

४- पर्यावरणिय द्रिष्टी कोणले राजधानीको पुर्वाधारले चुरे-भू-परिधी र बाँके राष्त्रिय निकुन्ज लाई पार्ने प्रभाब माथिको पूर्ण अध्ययन हुन जरूरी छ ।

५- शहरको अवधारणा ल्याउनु भन्दा अगाडी शहरमा बन्ने घर हरुको बाहिरी Out look र Designs त्याहाँका थारु हरुको घरको Architecture मा मात्रै बनाउन पाउने नियम अनिवार्य व्यासवस्था हुनुपर्छ । तर भित्रको Interiors भने आफ्नो अनुकूल बनाउन पाउने छुट दिने ।

६- शहरको टोल हरुको नाम ५ नम्बर प्रदेशमा भएका जती पनि थारु हरुको गोत्र हरु जस्तो दहित , सत्गौवा , कुसुमिया र थारु हरुको किसिम दगौरा , देसौरा आदी हरुको नाममा मात्रै राख्न पाउने । यसो गरेको खण्डमा साँस्कृतिक पहिचान शहीतको शहर बन्ने छ र पर्यटनको लागि दिगो आधार बन्न पुग्ने छ ।साभार थरुहट . कम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] “थरुहट प्रदेशको सिमान्कन संशोधन बिना… […]

trackback

[…] “थरुहट प्रदेशको सिमान्कन संशोधन बिना… […]

2
0
Would love your thoughts, please comment.x
()
x