१४ आश्विन २०८३, बुधबार

थापाको हत्यापछि थापाकी प्रेमीकामाथि प्रहरीद्धारा अनुसन्धान शुरु,१५ जना प्रहरी्को नियन्त्रणमा

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार ०४:३५ मा प्रकाशित

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमीकामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले भने, उनकी प्रेमीकाको नाम भने सार्वजनीक गरेको छैन ।

प्रहरी श्रोतका अनुसार घटनास्थलबाट विभिन्न सामग्रीसमेत बरामद भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए ।

राष्ट्रवादी भनिएका कम्युनिष्टहरुको पार्टीको झगडा मिलाउन चिनियाँ हस्तक्षेप ?


नेपालगञ्ज लग्दहवास्थित तोरीबारीमा शव भेटिएको थियो । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापाको शव भेटिएपछि बाँके प्रहरीले कुकुरसमेत लिएर शवको अनुसन्धान गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार मृतकको शरीरमा कुटपिटको डाम देखिएको बताए । अनुसन्धानका लागि शंकास्पद १५ जनालाई नियन्त्रणमो लिइएको उनले जानकारी दिए ।

थापाको टाउकोमा गहिरो घाउचोट लागेको छ । बिहीबार साँझ सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । प्रहरी उपरीक्षक रानाका अनुसार शुक्रबारनै मृतक थापामगरको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x