२ श्रावण २०८३, शनिबार

नेपाल र भारतबीचका २२ वटा नाका बन्द गर्ने

एसीपी संवाददाता

१८ बैशाख २०७८, शनिबार ०२:१६ मा प्रकाशित

काठमाडौं: नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए। अहिले बाके जिल्लामा निकै आउनेअरु भिड रहेको छ । अहिले बाकेको सिमानाकाबाट नेपालीहरु नेपाल फर्की रहेको र उनीहरुको स्वास्थ्य परिक्षण पछि मात्र प्रवेश दिएको हो ईप्रका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बिष्णु गिरिले जानकारी दिनु भयो

काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ। खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।

सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना


बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने र सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ।

साथै उद्योगहरुले मजदुर कर्मचारीलाई उद्योग परिसरमै राख्नुपर्ने निर्णय गरेको छ भने सार्वजनिक निर्माण कार्यहरु रोक्न पनि भनेको छ।

बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सचालनका लागि तयारी थाल्ने निर्णय पनि गरेको एक सदस्यले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x