३ श्रावण २०८३, आईतवार
झडपको स्थिति सुरक्षाकर्मीको बाक्लो उपस्थिति, अर्थमन्त्रीलाई कालो झन्डा
नेपाल सरकारका अर्थमन्त्री एबम नेकपाका महासचिव विष्णु पौडेललाई गृहनगर बुटवलमा कालोझण्डा देखाइएको छ । आज बिहानै बुटवलको नेपालगञ्ज रोडमा पौडेललाई कालोझण्डा देखाइएको हो ।
भारतमा कोरोना विरुद्ध परीक्षण सफल भएको खोप नेपालमा सजिलै प्रयोग गर्न सकिने
पौडेल सवार गाडीलाई रोकेर नेपाल तरुण दलका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै तरुण दलले कालोझण्डा देखाएको हो । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानीलाई दाङको भालुवाङमा स्थायी राजाधानी सार्न दिएर आफूले अर्थमन्त्री पद खाएको आरोप पौडेलमाथि रहेको छ । नेपालगञ्ज रोडमा झडपको स्थिति आएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । पौडेल भने पश्चिम बेलबासतिर लागेका छन्
Subscribe
Login
0 Comments


