२९ श्रावण २०८३, शुक्रबार

नेपाली भूमि मिचिएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार १०:४९ मा प्रकाशित

तस्बिर ईकान्तिपुरबाट

हुम्ला — नेपाल–चीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही ।

तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा स्वागत त परे जाओस सामान्य शिष्टाचार पनि गरेनन्

ऐतिहासिक र पर्यटकीय स्थल संरक्षण अभियानमा संचारकर्मी

डेढ महिनाअघि लिमी क्षेत्रमा नेपाली भूमि मिचेर चिनियाँ पक्षले ९ वटा भवन बनाएको भन्ने समाचार बाहिरिएपछि शाही नेतृत्वको टोली सीमाक्षेत्र पुगेको थियो । कांग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको थियो । चिनियाँ पक्षले करिब डेढ किलोमिटर नेपालको भूमि मिचेर ललोङजोङमा भवन निर्माण गरेको सांसद शाहीले बताए । ‘सरकारले सीमा मिचिएकोबारे गम्भीर अध्ययन र अनुसन्धान गरी कूटनीतिक पहल चाल्न जरुरी छ,’ उनले भने, ‘पहिलो चरणमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई दुई बुँदे मागसहित ध्यानाकर्षण पत्र पठाएका छौं ।’

सीमा मिचिएको कुरा बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सीमा क्षेत्रमा पुगेको थियो । तर उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन सरकारलाई नबुझाउँदै परराष्ट्र मन्त्रालयले हचुवाको भरमा सीमा नमिचिएको विज्ञप्ति जारी गरेको पूर्वमन्त्री शाहीले दाबी गरे । ‘हचुवा भरमा मन्त्रालयले लोलुङजोङमा नयाँ संरचना चीनकै भूमिमा पर्ने विज्ञप्ति जारी गर्‍यो,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले समेत सत्यसत्य बोल्न आलटाल गरेपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौं ।’ सिमकोटबाट गएको सरकारी टोलीले सबै स्थानको स्थलगत अध्ययन नगरेको उनले दाबी गरे ।

शाही नेतृत्वको टोली असोज १४ गते सीमा क्षेत्र गई ११ दिनपछि फर्किएको थियो । टोलीले नाम्खा गाउँपालिकाको लिमी र हिल्सा क्षेत्रमा रहेका नेपाल र चीनबीचका ५ (१), ५(२), ६(१), ७(१) ८(१) ९(१), ९(२), १०, ११ र १२ नम्बरका सीमा स्तम्भको स्थलगत अनुगमन गरेको थियो । टोलीले लोलुङजोङमा चीनले भौतिक संरचना निर्माण गरेको र नेपालले निर्माण गरेको गप्पुदोचादेखि झण्डै २ किमि सडक अतिक्रमण गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, हिल्सास्थित ९(२), ५(१), ५(२) र ६(१) नम्बरका सीमा स्तम्भ चिनियाँ पक्षले आफ्नो भूगोलमा पारी तारबार गरेको आरोप टोलीले लगाएको छ ।

नेपाली भूमि मिचिएको छैन चीन, चीनले नेपाली भूमि मिचिएको कांग्रेसको दाबी

दाताले दिएको सहयोगमा पनि भ्रष्टाचार – देउबा

‘सीमा विज्ञसहित परराष्ट्रविद् र सुरक्षाकर्मीको टोलीलाई हिल्सा र लिमी पठाएर स्थानीय बासिन्दाको उपस्थितिमा नक्सा भिडाएर बास्तविकता बाहिर ल्याउन जरुरी छ,’ कांग्रेसले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,–‘सीमास्तम्भका पुन: सिमांकन गरी दुई देशबीचको विवादलाइ कूटनीतिक माध्यमबाट स्थायी समाधान गर्न आवश्यक छ ।’

स्थलगत अध्ययनबाट प्राप्त प्रमाणहरू पनि ज्ञापनपत्रसाथ बुझाइएको शाहीले बताए । मागपत्र बुझाउने क्रममा कांग्रेस सभापति जयपति रोकाया, सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावललगायत नेता–कार्यकर्ताले सीमा विवाद तत्काल टुंग्याउन सरकारसँग माग गरे ।

चीनले फेरि भन्यो : तिब्बतको बुराङ काउन्टीमा संरचना बनाएका हौं

चीनले नेपाली भूमि अतिक्रमण नगरेको र आफ्नै भूमिमा संरचना निर्माण गरेको कुरा दोहोर्‍याएको छ । चीन सरकारद्वारा सञ्‍चालित  चिनियाँ अधिकारीले आफूहरुले बनाएका संरचना आफ्नै भूमिमा रहेको कुरा दोहोर्‍याएका हुन् ।

तस्बिर : ग्लोबल टाइम्स

चीनले ती संरचना तिब्बत स्वायत्त क्षेत्रको अलीस्थित बुराङ काउन्टीमा निर्माण गरिएको बताएको छ । बुराङ काउन्टीका विदेश मामिला हेर्ने अधिकृत बाचीले ग्लोबल टाइम्ससँगको कुराकानीमा गत मे महिनाबाट उक्त क्षेत्रमा नयाँ गाउँ बनाउन सुरु गरिएको बताए ।

नेपाल-चीन सीमाबाट सबैभन्दा नजिक रहेको भवन पनि एक किलोमिटरको दूरीमा भएको उनले दाबी गरेका छन् । उनले भवन निर्माणका क्रममा नेपाली सुरक्षाकर्मीसँग कुनै विवाद नभएको र नेपालसँगको सीमा व्यापार बढाउनका लागि उक्त गाउँ बनाइएको बताएका छन् । उनले नेपाली सर्भे टिमद्वारा प्राविधिक त्रुटि भएको हुनसमेत सक्ने दाबी गरेका छन् । नेपाल र चीनले तीन पटक संयुक्त रुपमा सीमा निरीक्षण गरेको उल्लेख गर्दै टोलीले कहीँ पनि विवाद नदेखिएको पनि बाचीले अन्तर्वार्तामा भनेका छन् । साभार ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] नेपाली भूमि मिचिएको भन्दै प्रधानमन्त… […]

1
0
Would love your thoughts, please comment.x
()
x