२ श्रावण २०८३, शनिबार

पैगम्बर मोहम्मदको कार्टुन देखाउदाँ शिक्षकको टाउको काटियो

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार ०९:५४ मा प्रकाशित


एजेन्सी न्यूज । पेरिसमा, एक जना व्यक्तिले एक शिक्षकको टाउँको काटेका छन् । शिक्षकले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाएको कारण टाउको काटेको उनले बताउदै उनले नारा लगाउन थालेका थिए । प्रहरी जब घटनास्थलमा पुग्यो अनि उनलाई बन्दुक देखाएर डराउने प्रयास गरेर आत्म समर्पण गर्न अनुरोध गर्दा नमाने पछि अन्तमा प्रहरीले उनलाई गोली हान्यो ।

एक समाचार एजेन्सीका अनुसार इतिहास पढाउने शिक्षकले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाएको थियो । अनि त्यो व्यक्ति रिसाएको थियो । कार्टुनमा रिसाएर उक्त मानिस शिक्षकको नजिक छुरा लिएर आयो र उनको टाउको काट्ेको थियो । घटनाको बारेमा सूचना पाउँदा पुलिस घटनास्थलमा पुगेपछि आरोपी त्यहाँ उपस्थित थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उत्तर पेरिसको पश्चिमी उपनगरमा एक शिक्षकको टाउको काट्ने घटनाको भत्र्सना गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले भने, “आज हाम्रो एक नागरिक मारियो किनकि उनी विद्यार्थीहरुलाई अभिव्यक्ति स्वतन्त्रताको शिक्षा सिकाइरहेका थिए । वास्तवमा फ्रान्समा पैगम्बर मोहम्मदसँगको विवादमा दुईजनाको मृत्यु भएको छ । पुलिसले आरोपीलाई आफ्नो हतियार राख्नु भन्यो । तर पुलिसलाई हतियार देखाएर उनी घटनास्थलबाट भाग्ने प्रयास गर्दा उनी धेरै टाढा पुगे पछि, उक्त व्यक्तिले पुलिसलाई फेरी बन्दुक देखायो र आत्मसमर्पण गर्न इन्कार गर्यो त्यस पछि प्रहरीले गोली हानेको संचारमाध्यमहरुले जनाएका छन् ।

यस सम्बन्धमा छानबिनको आदेश दिइएको छ । एक प्रहरी अधिकारीले भने कि संदिग्धसँग छुरा र बन्दुक थियो । फ्रान्समा शिक्षकको टाउको काटनु चिन्ताको विषय बनेको छ । फ्रान्सेली राजधानी पेरिसको डिग्नेचेमा चार्ले अब्दो हमलाको सुनुवाइ भइरहेको बेला उक्त घटना प्रकासमा आएको छ । त्यस अवधिमा भएको त्यो हमला पैगम्बर मोहम्मदको कार्टुनको प्रिन्टि यलमा रिस उठेको घटना भनेर वर्णन गरिएको थियो । यसलाई इस्लामलाई बदना गर्ने षडयन्त्र भएको बताइरहेका छन् । अल्लाह वा पैगम्बर मोहम्मदको भौतिक चित्रण सकारात्मक रुपमा गर्न पनि इस्लाममा बर्जित छ भन्दै नारा लगाएको हो ।

आतंकबादी हमला हुदाँ ७ सैनिक सहित १४ जनाको मृत्यू

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x