प्रहरी हत्या घट्ना : हत्यामा संलग्न गिरोह पक्राउ
फाइल तस्बिर
धनगढी अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी – उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ ।
- हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन
- बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि
‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न गिरोहका आधा भन्दा बढि व्यक्तिहरु पक्राउ परिसकेका छन्,’ स्रोतले भन्यो, ‘केही व्यक्ति अझै पनि भागिरहेकाले खोजी तीब्र बनाइएको छ। सकभर आज साँझसम्म सबै पक्राउ पर्छन् ।’ पक्राउ परेका अधिकांश व्यक्तिले बिकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ ।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधिको नजिक पुगेको बताएका छन् । प्रहरी वरिष्ठ उपरिक्षक सिहले साँझसम्म परिणाम देखिने बताए । शनिबार राती नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।
उनको उच्च सम्मानसहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ । बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दिनेशखबर



