विभिन्न स्थानहरुमा स्थापना गरिएका दुर्गा भवानीका मुर्ति बिसर्जन
तस्बिर श्याम शाहु
प्रिति सिंह ठकुरी नेपालगंज ११ गते कार्तिक । जिल्लाका विभिन्न स्थानहरुमा स्थापना गरिएका दुर्गा भवानीका मुर्ति बिसर्जन गरिएको छ ।
यस बर्ष कोभिड १९ कोरोना महामारीका कारण अलि कम स्थानमा मुर्ति राखिएको थियो ।
जिल्लाभरका ८ वटा स्थानीय तहमा स्थापना गरिएका मुर्तिलाई मंगलबार बिसर्जन गरिएको हो । टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन देखि घर घरमा तथा घर आगनमा स्थापना गरिएको दुर्गाभवानीका मुर्ति, श्रीगणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमालगायतका सामग्री तथा अवशेषलाई सिधानियघाट राप्ती जलघाटमा लगेर सेलाउने सामाजिक चलन रहेको छ । मुर्तिहरुलाई नजिकको नदिमा बाजागाजासहित सयौँको सहभागितामा लगेर सेलाइएको छ ।
कोजाग्रत पुर्णिमासम्म सेलाउने परम्परा रहेको धार्मिक विदहरुको भनाई छ । मुर्ति सेलाउने विभिन्न स्थलहरुमा मेलासमेत लागेको छ । सम्भावित अस्वाभाविक घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो । बाँकेको बिभिन्न स्थानिय निकायमा टोलवासी जम्मा भएर सामुहिक रुपमा चोक चोकमा मुर्तिहरु स्थापना गरिएको थियो ।



