२ श्रावण २०८३, शनिबार

सम्झौता खारेजको माग गर्दै २१ राजनीतिक संगठनको मण्डलामा विरोध प्रदर्शन

एसीपी संवाददाता

६ कार्तिक २०७७, बिहीबार ११:४१ मा प्रकाशित

अमेरिकी सहयोग एमसीसी सम्झौता खारेजको माग गर्दै २१ राजनीतिक संगठनले काठमाडौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बिहिबार काठमाडौको माइतीघर मण्डलामा कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक संगठनहरुले एमसीिसी खारेजी लगायत माग राख्दै विरोध प्रदर्शन गरेका हुन ।

https://www.youtube.com/watch?v=jidv-1A9o7Y

उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्र्नुपर्ने, कोरोना संक्रमित बिरामीको निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, सरकार आफ्नो जिम्मेवारीबाट भाग्न नपाइने, २१ वाम गठबन्धन विरुद्ध गृहमन्त्रीले दिएको अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन ।

लिनुको दिनु पर्यो प्रधानमन्त्री केपी ओलीलाई

हुम्लामा पहिल्यैदेखि लफडा

त्यस्तै सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता नलिए सडक आन्दोलन निरन्तर गर्ने चेतावनी दिएको छ । निशुल्क उपचार नगर्ने सरकारको निर्णयले संविधानको धारा ३५ र सर्वोच्च अदालतको परमादेशको धज्जी उडाएको उनीहरुले बताएका छन ।

प्रदर्शनमा सहभागी २१ राजनीतिक संगठनका नेता परी थापाले कोरोना महामारीको बेला सरकार आफ्नो दायित्वबाट उम्कन खोजेको आरोप लगाउनुभयो । उहाँले समस्यामा परेका नागरिकहरुलाई मनकारी समाजसेवीहरले खाना खुवाउने व्यवस्था गरिरहेपनि सरकार टुलुटुलु हेरेर बसेको समेत आरोप लगाउनुभयो ।

२१ राजनीतिक संगठन अन्तर्गत नेकपा मसाल, नेकपा त्र्रmान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण मञ्च लगायत दलहरुले प्रदर्शन गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x