२३ आश्विन २०८३, शुक्रबार

सर्बसत्ताबाद,निरकुशं कम्युनिस्ट सरकार र बि.पी.को समाजबाद

एसीपी संवाददाता

१ पुष २०७७, बुधबार ०९:०५ मा प्रकाशित

बिश्वको इतिहासमा हेर्दा कम्युनिस्टको धारणा सर्बसत्ताबाद र नश्लबादी नै थियो र छ आहिले रुस,चीन र उत्तर कोरियालाई हेर्दा त्यस्को उदाहरण बन्न पुगेको छ ती देशहरूमा आहिले निरकुशं सरकार र सर्बसत्ताबादनै छ त्यही देखा सिखी नेपालमा कम्युनिस्ट सरकार पनि सर्बसात्ताबाद र नश्लबादी निरकुशं सरकारको उदाहरण नेपाली कांग्रेसको बरिस्ठ नेता राम चन्द्रको गिरफ्तारी लगायत कोरोनाको नाममा अर्बौं भ्रष्टाचार र देशमा गुण्डा गर्दी र बलात्कार शैली हो। बिश्वको जुनसुकै देशका नागरिक लाई आधुनिक समाजबाद नै चाहिन्छ यसकारण जननायक बिपी कोइरालाले पनि नेपालमा भित्र्याए र कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको ठाउँमा उभ्याए । समाजवादबारे धारणा राख्दा उनले बेलाबेलामा भन्ने गर्थे, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ ।’
औद्योगिक क्रान्तिसँगै उदाएको पुँजीवादी विकृतिविरुद्ध समाजवादको अवधारणा आएको हो । राज्यमा उपलब्ध स्रोत, साधन, उत्पादन र वितरण व्यक्तिहरूमा मात्र सीमित हुन्छ । तर, समाजवादले त्यसमा सामाजिक स्वामित्व हुनुपर्छ भन्ने मौलिक मान्यता राख्छ । समाजवाद शब्दको प्रयोग राजनीतिक साहित्यमा पहिलोपटक ‘पुअर म्यान्स गार्जन’ भन्ने पत्रिकामा सन् १८३३ मा भएको थियो । रबर्ट ओबेन, रेब्यान्ड, फरियर, साइमनजस्ता विद्वान्हरूले यसबारेमा अवधारणा बनाएका थिए । तर जब पछि माक्र्स र एन्जेल्सहरूले पनि समाजवादबारे व्याख्या गरे तब साइमनहरूको समाजवादलाई काल्पनिक (युटोपियन) समाजवाद भनियो र माक्र्सको समाजवादलाई वैज्ञानिक समाजवाद भनियो । त्यसपछि अझ समाजवादबारे सबैले आ–आफ्नै तरिकाले भेद गर्दै गए । अलि नरम पथ र क्रमिक रूपले अगाडि बढ्न चाहनेहरूले विकासवादी समाजवाद (इभोल्युसनरी सोसलिज्म) भने र शीघ्र उलटपुलट उग्ररूपमा विश्वास गर्नेहरूले क्रान्तिकारी समाजवाद (रिभोल्युसनरी सोसलिज्म) भने । यी कुरालाई राम्ररी नियालेका बिपीले विकासवादी समाजवादको पक्षमा उभ्याए । प्रजातान्त्रिक तवरले समाजवादमा पुग्न सकिन्छ भन्ने उनको मान्यता थियो ।
तर, समाजवादबारे सबैले आ–आफ्नै तरिकाले व्याख्या गरे र बुझे । एकजना विद्वान् सिएम जोडले व्यंग्य गर्दै भनेका थिए, ‘आफूआफू सबैले लगाएर आकार बिग्रिएको टोपीजस्तै हो समाजवाद ।’ हो, बिपीले पनि आफ्नै ढंगको समाजवादको कल्पना गरे । बिपीले समाजवादलाई एउटा झुपडी, एक हल गोरु, एउटा दुहुनो गाई र खेतसँग जोडे । हरेक नेपालीले यी चिजहरू प्राप्त गर्न सक्ने अवस्था समाजवाद हो भने । तर, आजको सन्दर्भमा यो कुराले कत्तिको महत्त्व राख्छ भन्नेबारेमा अध्ययन गर्न बाँकी नै छ । उद्योग, व्यापार, लगानीको सम्भाव्यतामा नभएर उनले समाजवादलाई कृषि उत्पादकत्वसँग जोडे । कृषि क्रान्तिका लागि पनि आजको कांग्रेसले त्यस्ता कार्यक्रम कहाँ ल्यायो ? आधुनिक गाई– गोरु उत्पादन गर्ने फार्म, जमिन सधैँ उर्वर कायम गराइराख्ने उपाय र किसान बस्ने झुपडीलाई महलमा रूपान्तरण गर्ने कार्यक्रम आजको काग्रेससँग छ कि छैन ? यक्ष प्रश्न यही हो । जुन आज नेपालको कम्युनिस्टले गहँु र जौको दाना छुट्याउन नसक्नेलाई कृषि अनुसन्धानको प्रमुख बनाउँछ । हलो, कोदाली चलाउने त के खेतबारी कहिल्यै नटेकेकालाई कृषिमन्त्री बनाउँछ । हलो जोत्ने गरिब किसानको रित्तो थैलीमा होइन विदेशी बैंकमा अमेरिकी डलर राख्नेहरूलाई अर्थमन्त्री बनाउँछ सर्बसत्ताबादी सोचले गर्दा देश गरिबी रेखामुनि उक्लनु बाहेक छैन तर कांग्रेस आज कम्युनिस्टको सर्बसत्ताबाद लाई अन्त्य गर्दै र हो आज त्यही मंसिर २९ गतेको सर्बसत्ताबादक विरुद्धको शक्ति प्रदर्शन हो र यो अवाज निरकुशं कम्युनिस्टको कान कानमा पुग्नै पर्छ । यसकारण हामी आहिले समाजवादको पारखी बिपीका चेलाहरूले समाजवादको विकासका लागि के नीति ल्यायो ? हामीले सोच्नुपर्ने छ, कांग्रेसकै सरकारले २०५० सालमा निजीकरण ऐन ल्यायो ।।
पेरिस, लन्डन र ब्रसेल्स सहरको कुनै रेस्टुरामा बसेर उद्योग मालिक र मजदुर एउटै टेबुलमा उही गुणस्तरको खाना खाने सामथ्र्य राख्छन् । तर, नेपालमा चौधरी ग्रुप र खेतान ग्रुपका मालिकले खाने र उनको उद्योगमा काम गर्ने मजदुरले खाने चामलमै फरक हुन्छ । एक ठाउँ बसेर खाने कुरा त दुई कोष परकै भयो । आफूलाई प्रजातान्त्रिक समाजवादको अनुयायी भन्न रुचाउने अहिलेको कांग्रेसले बिपीको समाजवादलाई नयाँ संस्करणमा व्याख्या गर्न सक्छ कि सक्दैन ? यद्यपि, बिपीलाई जुन राजनीतिक उचाइ दिइएर स्मरण गरिन्छ, त्यति गहनताका साथ उनका अनुयायीहरूले प्रजातन्त्रको मूल्य मान्यतालाई पनि संस्थागत गर्न सक्नुपर्छ । त्यहीअनुसार उनीहरूले आफूलाई परिमार्जित गर्नु आवश्यक छ । प्रजातन्त्र र समाजवाद आफैँमा फरक कुरा हुन् । समाजवादले आर्थिक व्यवस्थालाई इंगित गर्छ भने प्रजातन्त्रले शासन व्यवस्थालाई । अर्थतन्त्र कसरी परिचालन हुनुपर्छ भन्ने कुरा समाजवादमा पर्छ भने शासक को हुनुपर्छ भन्ने कुरा प्रजातन्त्रमा । स्रोत र साधनको मालिक पनि जनता र शासनको मालिक पनि जनता नै हुने राज्य निर्माणमा सरिक हुनु सबै राजनीतिक शक्तिहरूको आजको आवश्यकता हो । बिनोद थारु महासमिती सदस्य , नेपाली कांग्रेस, बाँके

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x