२ श्रावण २०८३, शनिबार

सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार १६:०८ मा प्रकाशित

नेपालगन्जको सिमा नाका जमुनाहामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नजिकिदै गएको चाडपर्वहरु लक्षित गरी नागरिक सहायता कक्षहरु स्थापना गर्न सुरु गरिएको हो ।

सहायता कक्षको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो ।

चाडपर्व मनाउन भारतबाट फर्किने नागरिकहरुको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरिक्षक रानाले बताउनुभयो ।

दशै तिहार, मोहम्मद डे, छठ पर्वको अवसरमा भारतबाट नेपालतर्फ आउने नागरिकहरुले नाकामा दुःख नपाउन भन्ने उद्देश्यले पर्वलक्षित नागरिक साहयता कक्ष स्थापना गरिएको एसपी रानाले बताउनुभयो ।

जमुनाह नाकामा स्थापना गरिएको नागरिक सहायता कक्षको आज एक कार्यक्रमको आयोजना गरी एसपी रानाले उद्घाटन समेत गर्नुभयो । चाडपर्वका बेला लुटपाट,चोरी, झैझगडा बढी हुने गरेकाले त्यस्को न्यूनिकरणका लागि नागरिक सहायता कक्षले सहयोग पु्रयाउने छ ।

जिल्ला टाफिक प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्लाका विभिन्न आठ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने छ । आइतवारमात्र प्रहरीले १४ बुँदे पर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको थियो । नागरिक सहायता कक्षमा प्रहरी परिचालन गरिने छ ।

नेपाली जडिबुटीले कोरोना संक्रमित तीन दिनभित्रै खतरामुक्त

कडा कानून नबनाएसम्म बलात्कार र हिंसाका घटनाहरु कमी नहुने

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी जमुनहा भन्सार बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबन लाल बुढा, ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी नायब निरीक्षक बिष्णु गिरी, जमुनाहा भन्सार बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष कुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2
0
Would love your thoughts, please comment.x
()
x