स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन दिए सुझाव
खोप अभियान सुरु भएयता खोप विरुद्ध भ्रामक सन्देश फैलिइएकाले विज्ञहरुले भारतको सेरम इनिस्च्युटले उत्पादन गरेको खोपका विषयमा स्पष्ट पारेका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन् । सरकारको लक्ष्य अनुसार मानिसहरुले खोप नलगाइरहेको अवस्थामा खोप विज्ञहरुले ढुक्क भएर खोप लगाउन सुझाव दिएका हुन् ।
चीनले दियो बिश्वलाई धोखा कोरोना उत्पत्ति बारे अनुसन्धान गर्न गएको टोलीलाई तथ्यांक अपुरो
कोरोना बिरुद्धको खोप प्रदान गरेको भारतले बिश्वलाई दियो नयाँ बाटो
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार बाल स्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोप नेपाल सहित अन्य १६ वटा मुलुकहरूमा पनि प्रयोग भइरहेको छ । खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मूल्यको आधारमा कोभिसिल्डलाई नेपालमा मान्यता दिइएको उनले बताए ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले हाल जारी खोप अभियान नरोकियोस् भनेर खोप खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले अबको केही सातामै थप खोप आउने बताए ।
अहिले कतिपयले तेस्रो चरणको ट्रायल गर्न कोभिसिल्ड खोप ल्याइएको भन्दै खोपको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठाएका छन् तर त्यसो होइन’ डा. गौतमले भने, ‘ तेस्रो चरणको क्लिनिकल ट्रायल पास भएर प्रयोगको लागि ल्याइएको हो र, यो खोप प्रभावकारी पनि छ ।’
उनले कोभिसिल्ड प्रभावकारी खोपमध्येको एक रहेको प्रमाणिकता प्राप्त गरेपछि नेपालमा प्रयोगका लागि स्वीकृत दिइएको बताए ।
कोरोना बिरुद्धको ‘कोभिसिल्ड’ खोप विश्वका ६० भन्दा बढी देशलाई भारतद्धारा भ्याक्सिन अनुदान
स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार राजधानीमा कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा आयोजना गरेको थियो । जसमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोपमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सोही क्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले अबको केही सातामै थप खोप आउने बताए ।
उनका अनुसार फागुन २३ गतेबाट ५५ वर्ष भन्दा माथिका नागरिकलाई खोप दिने स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको छ ।
‘कोभिसिल्ड १२ हजार बढी जनसंख्यामा परीक्षण गरी सुरक्षित र प्रभावकारी देखिएपछि मात्रै आएको हो । नयाँ रोग र नयाँ खोपको विषयमा सुरुमा आशंका चल्नु स्वाभाविक हो’ डा. पोखरेलले भने, ‘खोपको विषयमा विश्वास दिलाउन सरकार र सञ्चार माध्यमको उत्तिकै भूमिका छ ।’
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अहिलेसम्म कोभिसिल्ड खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको भन्दै अरु केही खोपहरुको स्वीकृतिका लागि आवेदन परेको बताए । उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै खोप सुरक्षित भएको एकीन गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि कोभिसिल्डलाई अनुमति दिइएको स्पष्ट पार्दै अन्य खोपका हकमा पनि सोही विधि अपनाइने बताए ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बस्तोलाले कोभिसिल्ड खोपमा कुनै शंका नगर्न आग्रह गरे । उनका अनुसार खोप लगाएर कोरोना संक्रमण भएपनि मानिस सिकिस्त हुँदैन । समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक रहेको बताउँदै उनले भने, ‘कोरोनाविरुद्धको खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’
खोप विज्ञ डा श्यामराज उप्रेतीले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको कोभिसिल्डको तेस्रो चरणको ट्रायलको राम्रो नतिजाको कारणले नै नेपालीले पनि खोप लगाउन पाएको बताए । तेस्रो चरणमा १२ हजार भन्दा बढी मानिसमा परीक्षण गर्दा राम्रो नतिजा आएकाले यो खोप प्रभावकारी रहेको उनले बताए ।
उनले सरकारलाई पहिलो र दोस्रो डोजको खोप लगाउने अन्तर ८ देखि १२ को राख्न सुझाव दिएको समेत बताए । ‘खोप लगाउने समयअवधी जति बढी अन्तर भयो उति नै खोप प्रभावकारी हुने अनुसन्धानले देखायो । त्यसैले हामीले पनि सो निर्णय गर्दैछौँ,’ उनले भने । सरकारले यसअघि ४ साता पछि दोस्रो डोज खोप लगाउने निर्णय गरेको थियो ।
जनस्वास्थ्य विज्ञ प्रा. डा. केदार बरालले नेपालले प्रयोग गरेको खोप सुरक्षित रहेको बताए । ‘खोप लगाउँदा कसै कसैलाई सामान्य असर देखिन्छ भनेकै थियो । कसैलाई पनि जटिल असर भने देखिएन त्यसैले यो खोप लगाउन डराउनु पर्दैन’ उनले भने । यो समाचार अनलाइरबाट लिएको छ ।


