हिन्दु मुस्लिम एकताको प्रमाण
धार्मिक सामाजिक सदभाव समिति तथा बांके जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँँकेको चुस्त दुरुस्त सुरक्षाले साथै बिभिन्न धार्मिक अगुवाहरुको समन्वयमा अहिले हिन्दु मुस्लिम एकताको प्रमाण पेस भएको छ । अहिले प्रशासन सहित मंगलबार बिभिन्न स्थानमा स्थापना गरिएको दुर्गामाताको मुर्ति बिसर्जन कार्य भईरहेको छ ।
बिभिन्न समुदायका अगुवाहरु रातदिनको मेहनत सामाजिक सदभाव एकता प्रेम शान्तिका साथ बडादशैं,र मुहम्मद सल्लल्लाहु अलैहि वा आलिही वसल्लम जन्मदिवस बांकेमा, धूम(धाम सौहार्दपुर्ण,वतावरणले सबैमिलेर मनाइदैछ ।
यसको लागि, मुख्य भूमिका निर्वाह गर्ने दिपकलोध मेराज अहमद हिमालय अब्दुल हमीद सिद्दीकीभोला हारूनकादरी अतहर हुसैन फारूकी बिरू गुप्ता धार्मिक अगुवा बगेश्वरी मन्दिर शक्तिपीठका मुख्य महंत चन्दनाथ योगी महराज, मौलाना जब्बार,मौलाना मंसुर मौ. कलिम आरफी सहितका अगुवा दिनरात समाज खटेका छन् । हरेक बर्ष यसरी हिन्दु मुस्लिम एकताको बाँके जिल्लाले नमुना पेश गर्दै आएको छ । अवधी भाषी क्षेत्रको यो गंगा जमुना तहजीब भन्ने गरिन्छ जहाँ बिभिन्न जातजातिका मान्छेहरु बस्ने गर्छन ।




