१७ मंसिर २०८०, आईतवार
आगलागीबाट करिब १२ लाखको सामान नष्ट

कपिलवस्तु पौष २३
कपिलवस्तुको कपिलबस्तु नगरपालिका वडा नंं ४ आर्दशटोलमा आगलागी हुदा लाखौंको सामान जलेर नष्ट भएका छन ।

कपिलबस्तु नगरपालिका वडा नंं १ स्थित रहेको देवेन्द्र किराना पसलको गोदाममा मंगलवार बिहान ७ बजे सार्टसर्किट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीे बाट लगभग १२ लाखको चकलेट,च्याउच्याउ,बिस्कुट लगायतका बिभिन्न सामानहरु सहित कागजपत्र समेत जलेर नष्ट भएको देवेन्द्र किराना पसलका प्रोपराइटर देवेन्द्र गुप्ताले बताएका छन् । आगलागी नियन्त्रणका लागी स्थानिय, कपिलवस्तु नगरपालिका कार्यालयको दमकल, वडा प्रहरी कार्यालयका प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

Subscribe
Login
0 Comments