इंग्लिस प्रिमियर लिग : रेलिगेसन संघर्ष चर्को
पुस १६, २०७६एएफपी
लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीमाथि १३ अंकको अग्रता कायम राखेपछि उपाधि उसकै जस्तो देखिएको छ । तर सबैभन्दा चर्को प्रतिस्पर्धा भने रेलिगेसनबाट बच्ने नै रहेको छ, यो संघर्ष लिगको अन्तिम दिनसम्म पनि चल्नेछ ।

नवौं स्थानमा रहेको क्रिस्टल प्यालेस र पुछारबाट तेस्रोमा रहेको एस्टन भिल्लाबीच जम्माजम्मी नौ अंकको मात्र अन्तर छ । बुधबार नयाँ वर्षमा हुने खेलमध्ये तीन प्रमुख प्रतिस्पर्धा यी हुनेछन् ।
आर्टेटामाथि आर्सनल उकास्ने जिम्माएउटा भनाइ नै छ, ‘तल झर्नका लागि धेरै राम्रो’ । यो ठ्याक्कै आर्सनलमा लागू हुन्छ, आखिरमा यो क्लब सन् १९१९–२० देखि माथिल्लो डिभिजनमा छ । तर यसपल्ट ड्रप जोनबाट छ अंक मात्र माथि । यस्तोमा नयाँ प्रशिक्षक मिकेल आर्टेटालाई सजिलो प्रतिद्वन्द्वी परेको भए, सजिलै हुने थियो । तर परेको छ, म्यानचेस्टर युनाइटेड । उनी आफ्नो पहिलो जितको खोजीमा छन् ।
अहिलेसम्म उनको नेतृत्वमा खेलेका दुई खेलमध्ये एक बराबरीमा टुंगेको छ भने अर्कोमा हार ।अहिले आर्सनलको डिफेन्स सबैभन्दा कमजोर मानिएको छ । गोलरक्षक बर्न लेनोसँगै डिफेन्डरद्वय स्कोडरन मुस्तफा र डेविड लुइजबीच तालमेल मिल्न सकिरहेको छैन् । चेल्सीविरुद्धको खेल २–१ ले गुमाएको आर्सनलले खेलको सुरआती आधा घन्टामा भने राम्रो खेलेको थियो । आर्टेटा चाहन्छ, म्यानचेस्टरविरुद्ध पूरा खेल अवधिमै यस्तो प्रदर्शन हो । आर्सनल घरमा लगातार पाँच खेलको हार टार्न चाहन्छ, नत्र सन् १९५९ यताको सबैभन्दा खराब प्रदर्शन हुनेछ ।
मोयेजको दोस्रो बसाइ सुखद हुने आसवेस्ट ह्यामका सबै समर्थकमाझ डेविड मोयेज उत्तिकै लोकप्रिय छैनन् । सन् २०१७–१८ मा यिनै मोयेजले वेस्ट ह्यामलाई रेलिगेसनबाट जोगाएका थिए । यसपल्ट पनि यो लन्डन क्लब तल झर्नबाट रोकियो भने क्लबका सबै समर्थकले मोयेजलाई माफ गर्नेछन् । वेस्ट ह्यामले यसपल्ट घरमै खेल्दैछ र प्रतिद्वन्द्वी रहेको छ, बर्नमाउथ । वेस्ट ह्याम पुछारबाट चौथोमा छ भने बर्नमाउथ त्यसको पनि एक स्थान मात्र माथि । यो अर्थमा मोयेजले चिताएको प्रतिद्वन्द्वी पाएको छ ।
तर समस्या के छ भने आसर्नल जस्तै वेस्ट ह्याम पनि आफ्नै घरमा लगातार पराजित भएको चार खेल भइसकेको छ । सन् २००५ को नोभेम्बरयता वेस्ट ह्यामको यो सबैभन्दा खराब प्रदर्शन हो । वेस्ट ह्यामको कमजोरी नै आक्रमण रहेको छ, त्यसैले मोयेजले अगाडि मिखेल एन्टोनिया र सबास्टिन हलर दुवैलाई मौका दिने निश्चित छ । वेस्ट ह्याम आफैं वास्तवमा निकै खराब प्रदर्शनबाट गुज्रिरहेको छ, त्यसैले त पछिल्ला नौ खेलमध्ये एकमा मात्र विजयी रहेको छ ।
वाटफोर्ड पुनरागमनको वास्तविक परीक्षासन् २०१४–१५ को सिजनमा नाइजेल पियरसनले गज्जब नै गरे र लेस्टरलाई रेलिगेसनबाट बचाए । इतिहासमै लेस्टर त्यस्तो तेस्रो टिम बन्यो, जो क्रिसमसमा पुछारमा रहेर पनि अन्त्यमा तल झरेन । त्यसको अर्को वर्ष लेस्टरले अविश्वसनीय रूपमा लिग पनि जित्यो र यसको आधार तयार पार्ने काम त उनकै थियो । लिग जितेको त्यो सिजन भने ५४ वर्षीय प्रशिक्षकले मौका पाएनन् । के उनले यस्तै पुनरागमन वाटफोर्डका लागि रच्न सक्ने छन् त ?
अहिले वाटफोर्ड पुछारबाट दोस्रोमा छ । उनको नेतृत्वमा वाटफोर्डले तीन खेल खेलको छ र त्यसमध्ये दुईमा जित निकालेको छ भने एक बराबरीमा टुंगेको छ । पियरसन आएयता टिम र खेलाडीमा बढेको आत्मविश्वास प्रस्ट देख्न सकिन्छ, एस्टन भिल्लाविरुद्ध प्राप्त ३–० को जितमा । त्यस खेलमा वाटफोर्ड १० खेलाडीमा सीमित भएर पनि थप दुई गोल गर्न सफल रहेको थियो । उल्भ्स आरामले सातौं स्थानमा छ र राम्रो खेलिरहेको छ । म्यानचेस्टर सिटीलाई हराएको उल्भ्स लिभरपुलविरुद्ध भने वास्तवमै अभाग्यशाली रह्यो ।



