एकै दिन नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १८२३ महिला र ३१८५ पुरुष गरि थप ५ हजार जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा ८५० महिला र १ हजार २५० पुरुष गरि २१ सय जना, भक्तपुरमा ८४ महिला र ११९ पुरुष गरि २०३ जना र ललितपुरमा १५९ महिला र २१० पुरुष गरि ३६९ जनामा कोरोना देखिएको हो ।्नेपालमा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म कारोनाका कारण ६१४ पुगेको छ । त्यस्तै शनिबार १२२९ जना डिष्चार्ज भएका छन् ।
- जिल्ला अधिबेशनको तयारीमा जनमत,२३ मा शेषको अध्यक्षतामा समिती चयन
- डा.केसीको समर्थनमा साझा पार्टीको शुक्रबार काठमाडौंमा बिरोध प्रदर्शन
- डा. केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम
यो संगै नेपालमा कोरोना संक्रमिणबाट निको हुनेको संख्या ७४ हजार २५२ रहेका छन् । नेपालमा शुक्रबार सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै होम आइशोलेशनमा १७ हजार १६४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १३ हजार ६५४६ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ६४ हजार ५५७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।




