७ जेष्ठ २०८३, बिहीबार

काठमाडौं बाट आउदै गरेको गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु

एसीपी संवाददाता

११ पुष २०७६, शुक्रबार १५:४५ मा प्रकाशित

नेपालगन्ज बाँके, पुस ११

काठमाण्डौँबाट रौतहटको चन्द्रनिहापुर आउँदै गरेको ना १ ज ३४३३ नंबरको गाडीको दुर्घटना भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ शुक्रबार दिउसो दुर्घटना हुँदा मृत्यु हुनेहरुको सख्या पाँच जना पुगेको हो ।

दुर्घटनामा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ भने अरु दुईजनाको उपचार गर्न काठमाण्डौ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक जना महिला रहेका छन् ।

मृत्यु हुनेहरु पाँच जना मध्य दुईजनाको मात्र सनाखत हुन सकेको छ । मृत्युहनेमा सुमोमा सवार श्रीमान श्रीमती समेत परेका छन् । रौतहटको चन्द्रनिहापुर नगरपालिका वस्ने सृजना विक र उहाँका श्रीमान मनिस विकको मात्र सनाखत भएको कुर्मीले जानकारी दिनुभयो । अरु चार जना घाइते भएका छन् ।

काठमाण्डौँबाट रौतहटको चन्द्रनिहापुर आउँदै गरेको ना १ ज ३४३३ नंबर सुमो इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ ओखलडाँडा सडकबाट तल खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x