४ बैशाख २०८१, मंगलवार

कोरोना भाइरसका कारण चीनमा मर्नेको संख्या १७ पुग्यो, यात्रामा प्रतिबन्ध,नेपाल पनि उच्च जोखिममा

एसीपी संवाददाता

९ माघ २०७६, बिहीबार ०२:०४ मा प्रकाशित

 एजेन्सी  माघ ९, /
कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ भने नेपालमा कोरोना भाइरसको खतरा उच्च जोखिममा पुगेको छ । उता चीनले मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ । देशभरका मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ। 
कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा
चीनको वुआनमा मात्रै ५०० मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ।चीन सरकारले मानिसबाट मानिसमा सर्ने यो भाइरस रोकथामका लागि नयाँ बर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएको छ। लुनारमा करोडौं मानिसहरु देशभित्र र बाहिर यात्रामा जाने गर्छन्। 
कोरोना भाइरस चीनबाट अमेरिका पुगेको हो । डब्लूएचओको आकस्मिक बैठक बस्दै
सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अमेरिकासम्म फैलिसकेको छ। भाइरसबाट संक्रमित ती व्यक्ति चीनको वुआनबाटै अमेरिकाको सियाटल पुगेका हुन ।
कोरोना भाइरस फैलिएपछि अमेरिकाले विमानस्थलहरुमा स्वास्थ्य परीक्षण केन्द स्थापना गरी स्वास्थ्य जाँचमा कडाइ गरेको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण फैलिँदै गएपछि बुधबार आकस्मिक बैठकसमेत गरि संक्रमण बारेमा चासो देखाएको छ ।

चीनबाट आउने हवाई यात्रीलाईहरु अमेरिकाले स्वास्थ जाँच शुरु गरेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x