१७ मंसिर २०८०, आईतवार
गड्डाचौकी हुँदै एक हजार बढी घर गए

कञ्चनपुर : कञ्चनपुर जिल्लाका विभिन्न इँटाभट्टालगायत क्षेत्रमा काम गर्दै आएका ११ सय ९ जना भारतीयलाई फर्काइएको छ। वैधानिक रुपमै सीमा नाका गड्डाचौकी खुलाएपछि ६ दिनको अवधिमा यो संख्यामा भारतीय घर फर्केका हुन्।
भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकामा प्रवेश दिइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। कार्यालयले उपलब्ध गराएको विवरणअनुसार आइतबार १०७, शनिबार २६२, शुक्रबार १७८, मंगलबार ८६, बुधबार २५४ र बिहीबार १७१ भारतीय घर गएका छन्।
सीमा नाकामै स्वास्थ्य जाँच गरी उनीहरुलाई पठाइएको छ ।
Subscribe
Login
0 Comments