गढवामा जेष्ठ नागरिकलाइ न्यानो सिरक

टेकबहादुर पुन

दाङ्ग । दाङको गढवा गाउँपालिकाले गाउँपालिका अन्तर्गतका करिब ३ सय जेष्ठ नागरिकलाई न्यानो कम्बल बितरण कार्य शुरु गरेको छ । ४ लाख रुपैया खर्च गरेर गाउँपालिकाले जाडोको समयमा गरिब, बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरुलाई कम्बल वितरण गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिईन् । जाडोले कठ्यांग्रीएको बेला कम्बल पाउँदा जेष्ठ नागरिकहरु खुुसी भएका छन् । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बुुधवार कोइलाबासमा आयोजित एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरेकि हुन् ।
कार्यक्रममा सामाजिक शुुरक्षा शाखाका ऋषि यादव, महिला तथा वालवालिका शाखाका संयोजक इश्वरा रावत, योजना शाखाका अधिकृत कुुलराज कुुमाल, प्रेस संयोजक शिबराज पन्थी, वडा सचिव लक्ष्मि कँडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण वडानं. ८ का सामाजिक परिचालक ऋषि चौधरीले गरेकि हुन् । गाउँपालिकाले वडा नम्बर १, २ र ८ मा कम्बल बितरण गरिसकेको छ भने अन्य वडामा पनि बितरण कार्य जारी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।