ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी अरु कम्पनीलाई दिदा निगमलाई घाटा

- सांसद माधव कुमार नेपालले निगमकै सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने तर्क
- सांसद भीम रावलले बिभिन्न एयरलाइन्सलाई सेल्फ ग्राउण्ड दिदा सेवामा समस्या
नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नलगाइएको जनाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नदिइएको भन्दै आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्न अनुमति मात्र दिइएको जानकारी दिनुभयो । नियमानुसार क्राइटेरिया पुगेका कारण मात्र हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइएको उहाले बताउनुभयो ।
नेपाल-भारत बिच सम्बन्ध सुधारको पहल शुरु
बाँकेमा कोरोना संक्रमणका कारण २० को अवस्था गम्भीर
अहिले पनि २६ वटा कम्पनीको ग्राउण्ड ह्याण्डलिङ नेपाल बायुसेवा निगमले नै गरिरहेको भन्दै त्यो खोस्ने कुनै योजना नै नरहेको उहाले स्पष्ट पार्नुभयो । उहाले सञ्चालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा पनि वायु सेवा निगमलाई दिइएको जानकारी पनि दिनुभयो । उहाले नेपालमा थाई र एयर इण्डियाले मात्र ग्राउण्ड ह्याण्डलिङको काम आफै गरिरहेको भन्दै अव दुई कम्पनीको ग्राउण्ड ह्याण्डलिङ पनि खोस्ने तयारी भइरहेको बताउनुभयो ।

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान
उहाले काठमाडौंमा बेस बनाएर अव कुनै पनि वायुसेवा कम्पनी स्थापना हुन नसक्ने भन्दै अरु कुनै नयाँ कम्पनीलाइ ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने प्रश्न नै नआउने उल्लेख गर्नुभयो ।
बैठकमा सांसदहरुले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी अरु कम्पनीलाई दिदा घाटामा गइरहेको निगमलाई थप मर्का गर्ने भन्दै यसमा सचेत रहन सुझाव दिएका थिए । सांसद भीम रावलले बिभिन्न एयरलाइन्सलाई सेल्फ ग्राउण्ड दिदा सेवामा समस्या आएको बताउनुभयो । उहाले निगमलाई बाहेक अन्यलाई एयरलाइन्सलाई सेल्फ ग्राउण्ड जिम्मा दिन नहुने उल्लेख गर्नुभयो ।
त्यस्तै सांसद माधव कुमार नेपालले निगमकै सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने तर्क गर्नुभयो । उहाले नीति र कार्यशैलीमा मूल्याङ्कन नगरे निगमको सुधार गर्न नसकिने बताउनुभयो ।
त्यस्तै सांसद नेपालले बिमानस्थल निर्माण गर्दा अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । छलफलका क्रममा प्राधिकरणका महानिर्देशक पोखरेलले कोरोनाका कारण नेपालको हवाइक्षेत्रले ठूलो क्षति व्होरोको बताउनुभयो । कोरोना महामारीकै बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका धेरै काम भएको उहाले जानकमारी दिनुभयो ।





[…] […]