१४ मंसिर २०८०, बिहीबार
थारू भएकै कारण पुर्बमन्त्री गच्छदारलाई मुद्दा -थारू क.सभा

माघ २७ गते एजेन्सी । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्रि विजय कुमार गच्छदार माथि अख्तियार अनुसन्धान आयोगले थारु भएकै कारण मुदा लगाएको थारु कल्याणकारिणी सभा बाके जिल्ला समितिले आरोप लगाएको छ ।सोहि प्रकरणमा प्रताव पास गर्ने तत्कालिन प्रधानमन्त्री नेकपाका माधब कुमार नेपाल , जग्गा किन्ने नेकपा महासचिब बिष्णु पौडेल र मुख्य सचिवलाई उन्मुक्ति दिएको प्रति निन्दा गरेको छ । थारु नेताहरुलाइ सरकारले बिभिन्न सडयन्त्रमा पारि झुटा मुदा लगाउने र राजनीतिबाट बन्चित गर्ने शासकहरु बिरुद्ध थारु समुदाय आन्दोलनको लागि तयार रहेको थाकस बाकेले चेतावनी दिएको छ ।
Subscribe
Login
0 Comments