१२ मंसिर २०८०, मंगलवार

नेपालमा कोरोना भाइरस भेटिएको पुष्टि

एसीपी संवाददाता

१० माघ २०७६, शुक्रबार १३:०८ मा प्रकाशित

चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो

माघ १० गते एजेन्सी / नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ। ‘नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो ।अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको थियो। उनी चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमूना विदेश पठाइएको थियो । त्यहाँ अध्ययनका लागि बसोबास गरिरहेका नेपालीहरूले आफूहरू “सङ्क्रमणको त्रास”मा बाँचिरहेको बताएका छन्।बेइजिङस्थित नेपाली दूतावासले भने वुहानमा रहेका नेपालीहरूको सम्पर्कमा आफू रहेको र हालसम्म कसैलाई पनि सङ्क्रमण नभएको जनाएको छ।सबैलाई सतर्क रहन र आवश्यक परे सहायताका लागि तत्काल खबर गर्न सूचित गरिसकेको दूतावासको भनाइ छ।कोरोनाभाइरस फैलिन सुरु भएको उक्त सहरमा यातायात सेवा बन्द गराइएकाले नेपाल फर्कने विकल्प पनि हाललाई नभएको त्यहाँस्थित नेपालीहरूले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x