१७ मंसिर २०८०, आईतवार

नेपाली सुगम संगीतका उदयीमान गायक प्रमोद डिजिको स्वरमा ‘माया पिरती’ बोलको गीत सार्वजनिक

एसीपी संवाददाता

६ पुष २०७६, आईतवार १०:४३ मा प्रकाशित

नेपाली सुगम संगीतका उदयीमान गायक प्रमोद डिजिको स्वरमा ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।
सञ्चारकर्मी तथा गाएक प्रमोद डिजिकै शब्द र संगीत रहेको उक्त गीतमा सोना कुमालले उनलाई स्वरमा साथ दिएकी छन् । ऐरेन्ज डोलराज बाह्रघरे मगरको हो ।
दिनेश वलीको छायांकन रहेको गीतको भिडियोमा दिनेश वलीकै सम्पादन रहेको छ । ‘माया पिरती’ लाई गाएक डिजिले नै निर्देशन गरेका हुन् । कार्की जि युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा
गायक डिजि संगै–संगै अमर शाहि, दिया रिजाल, रोहित खड्का र निर्मला पुनलाई देख्न सकिन्छ ।
गीत राम्रो भएपनि कुनै पनि काम गर्दा केन्द्र नै पुग्नु पर्ने परिस्थिले अलि गाह्रो बनाएको गाएक डिजिको गुनासो छ ।
अभिनय गर्ने कलाकार नया हुदा हुँदै पनि राम्रो काम गरेको बताउदै दर्शकहरुको माया र साथको अपेक्षा गरेको उनले बताए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x