८ कार्तिक २०८१, बिहीबार

नेपाल ट्रेड युनियन काँग्रेसद्वारा उम्मेदवारसँग भेटघाट

एसीपी संवाददाता

२ माघ २०७६, बिहीबार ११:२६ मा प्रकाशित


नेपालगञ्ज, माघ २ ।
नेपाल ट्रेड युनियन काँग्रेसले नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुसँग विहीबार भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
पार्टी कार्यालयमा आयोजित उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रममा टे«ड युनियले रौनियार नेतृत्वको प्यानललाई जिताउन अपिल गरेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवार परिपक्व, व्यवसायीका सवाल बुझेको अब्बल र सक्षम भएकाले रौनियार नेतृत्वको प्यानललाई जिताउन टे«ड युनियन काँग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले आग्रह गर्नुभयो ।
नेपालगन्ज पश्चिम नेपालकै औद्योगिक क्षेत्र भएकाले यसको विकासका लागि सक्षम नेतृत्व जरुरी रहेको भन्दै उहाँले त्यसका लागि रौनियार नेतृत्वको विकल्प नभएको मल्लको भनाई छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले रौनियार प्यानललाई जितको शुभकामना दिदै संघको गरिमालाई माथि उकास्ने र आम उद्योगी व्यवसायीको मुद्दामा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले आफ्नो समूह विजयी भए संघलाई सबैको साझा बनाइने प्रतिबद्धता जनाउनुभयो । ३० बर्षदेखि आफुले नेपालगन्जमा व्यवसाय गर्दै आएको र संघमा समेत विभिन्न तह तप्कामा रहेर जिम्मेवारी निभाइसकेकाले यहाँको व्यवसायीक सवाल राम्रोसँग बुझेको बताउनुभयो । कार्यक्रमको सहजिकरण ट्रेड युनियन काँग्रेसका सचिव तोजेन्द्र विकले गर्नुभएको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहनुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x