२ श्रावण २०८३, शनिबार

प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो मात्रामा अटो पार्टस बरामद

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार ०५:३६ मा प्रकाशित

बाँके प्रहरीले ठूलो मात्रामा अटो पार्टसका सामान बरामद गरेको छ ।

भे १ ह ३७ ५१ नं. को अटो रिक्सामा राखेर नेपाल भित्र्याउँदै गरेको ५ लाखभन्दा बढी मूल्यको अटो पार्टस प्रहरीले बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज विष्णु गिरीको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १५ बाट उक्त सामान बरामद गरेको हो ।

यो बाँकेमा अबैध समान बरामद गर्ने क्रम जारी राखेको भन्सार छलि सरकारलाई क्षति पुरयाउने कार्यमा लागेकाहरु माथी अंकुश लगाउने प्रयासमा रहेको जिल्ला प्रहरी कार्यालयबाट समेत निकै सक्रियता देखिएको छ । यस्तै सिमानाका पनि सामानसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको सक्रियता, चाडपर्वको समयमा मन्दिर सरसफाइ

अटो पार्टसको सामानसहित अटो चालक शमिम शेष, मोहम्मद रफिक र मोहम्मद फरिकलाई नियन्त्रणमा लिइएको ईन्चार्ज गिरीले जानकारी दिनु भयो । अहिले नेपाल भारतबाट आउने जानेका भिडभाड भएको बेलामा जमुनाह प्रहरीले बिभिन्न खालका अबैध समान पक्राउ गर्दे आएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले समेत सुरक्षाको दुष्टिकोण मध्यनजर जिल्ला भरी रहेको प्रहरी चौकीलाई सक्रिय बनाउदै बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम आफै फिल्ड खटिदै निरन्तर अनुगमन गर्दै आएका छन् । यसै बीच चाडपर्ब नजिकदै जादा बाँकेमा सुरक्षा ब्यवस्थालाई थप कडा बनाईएको छ ।

बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि

प्रहरीले चाडपर्व लक्षित सुरक्षा अन्तरगत क्वीक चेस्पोन्स टिम ( क्यु आर टी ), नागरिक सहायता कक्ष, ट्राफिक ब्यवस्थापन लगायतका कार्यक्रम संचालन गरेको छ भने चेकजाच कार्यलाई समेत तिब्र पारेको छ । जिल्लाको सुरक्षा ब्यवस्थालाई सुदृढ पार्न ब्यापक मात्रामा प्रहरी परिचालन पनि गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो… […]

trackback

[…] प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो… […]

2
0
Would love your thoughts, please comment.x
()
x