१७ मंसिर २०८०, आईतवार

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्यको श्रद्धाञ्जली कार्यक्रम

एसीपी संवाददाता

७ पुष २०७६, सोमबार १२:२८ मा प्रकाशित


अजय पाठक

नेपालगन्ज बाँके, पुस ७

सोमबार नेपालगन्जमा प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्य ज्युको वार्षिक पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम भएको छ ।

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्य स्मृती प्रतिष्ठान बाँकेको आयोजनामा नेपालगन्जमामा सोश्रद्धाञ्जली कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी द्वारा ४ जना लाई नेपाल पत्रकार क्षेत्रमा गरेको योगदान र प्रेस स्वतन्त्रता अभिव्यक्तिको महोत्वपुर्ण योगदानको कदर गर्दै कदरपत्रले सम्मानित गरेका हुन । सम्मानित हुनु भएका प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, प्रेस स्वतन्त्रता सेनानी लियाक अलि सिद्दिकी, प्रेस स्वतन्त्रता सेनानी मोहन लाल वैश्य,प्रेस स्वतन्त्रता सेनानी बासुदेव श्रेष्ठलाई कदरपत्रले सम्मानित भएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महा संघ का केन्द्रिय उप अध्यक्ष बिपुल पोख्रेलले आफ्नो स्वर्गीय मित्रको शोक गर्दै संस्थाको प्रगती र बिकारको सुभकामना मन्तवव्य राख्दै सम्बोधन गरेका हुन ।

विशिष्ट अतिथी अजय कुमार श्रीवास्तवले सो कार्यक्रममा
प्रेम स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्य स्मृती प्रतिष्ठान बाँके संस्थाको बिकासको सुभकामना मन्तव्य राख्दै सहयोगको रुपमा रु ११००० दान गर्ने कुरा राखेका छन ।
कार्यक्रममा स्वर्गीय प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्यको तस्बिरमा फुलको माला र अबिर लगाइ उहाँको पुत्र अजय गुप्ताले स्वागत मन्तव्य राख्दै सो संस्था मा १ लाख ६५ हजार रकम रहेको जानकारी गराए ।

कार्यक्रम बिशिस्ट अतिथी, अतिथी हरुले रामगोपाल र आफनो सम्बन्धको व्यख्या गर्दै शोक बिचार राखेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्यको अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा प्रमुख अतिथी नेपाल पत्रकार महा संघ का केन्द्रिय उप अध्यक्ष बिपुल पोख्रेल, विशिष्ट अतिथी अजय कुमार श्रीवास्तव, अतिथीमा नेकपा पार्टी केन्द्रिय सदस्य हरुन अहमद कादरी, राष्ट्रिय साहित्यकार सनत रेग्मी, नेपाल पत्रकार महासंघ बाँके का अध्यक्ष ठाकुर सिंह थारु,
नेपालगन्ज उद्योग वाणिज्यको उपाध्यक्ष तारा रोकाय, रुबरु एफएम का शकिल अहमद कादरी, अजय गुप्ता लगायत अन्य पत्रकार र प्रतिनिधीहरुको साभागितामा कार्यक्रम समापन गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x