मगरात संघर्ष समितिद्वारा आन्दोलनको घोषणा
मगरात संघर्ष समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन र आन्दोलनको कार्यक्रमहरुको घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी मगरात संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । आफूहरुको काँधमा ऐतिहासिक जिम्मवारी आइपरेको भन्दै संघर्षको निम्ती तयारी गर्न समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन समेत गर्न लागेको समितिले जनाएको छ । मगरात संघर्ष समिति नेपालका अध्यक्ष राम मगरले दुई तिहाई बहुमतको सरकारले संसद विघठन गरी मुलुकलाई नै द्वन्द्वमा भन्दै आउँदो २०७७ फागुन २२, २३ र २४ गते दाङको घोराहीमा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिनुभयो । मगरले मुलुक जोगाउनको निम्ति र आम नेपाली जनताहरुको सम्मानजनक व्यवस्थापन गर्नका लागि संघर्ष भन्दा विकल्प नदेखिएको तर्क गर्नुभयो । उहाले आन्दोलन देशव्यापी रुपमा गर्न समेत बताउनुभयो ।
समितिले विदेशीको इशारामा पार्टीहरु चेलेको भन्दै देश गम्भीर सकटमा परेको तर्क र संसद विघटनले गर्दा संविधान नै धरापमा परेको जनाएको छ ।


