२३ आश्विन २०८३, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

एसीपी संवाददाता

१८ पुष २०७७, शनिबार ११:०१ मा प्रकाशित

नेकपा प्रचण्ड नेपाल पक्ष पत्रकार स्म्मेलन

नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रममा  प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका रहेका छन् ।  पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला र  आन्दोलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चलाउने , पुस २१ गते संघीय राजधानी र देशका ठूला शहरमा अन्य राजनीतिक शक्तिहरुसँग प्रधानमन्त्री ओलीको कदमविरुद्ध अन्तरक्रिया कार्यक्रम, पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तैपुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने उहाले बताउनुभयो ।  माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने उहाको भनाई छ ।  पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । उहाले अन्य दलहरुपनि आफुहरुको आन्दोलनका सहभागी हुने र संयुक्त आन्दोलन गर्ने दावी गर्नुभयो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल(नेपाल समूहले आन्दोलन गर्दै आएको छ । सो पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2
0
Would love your thoughts, please comment.x
()
x