११ मंसिर २०८३, बिहीबार

महाकाली राजमार्ग सडकखण्डमा ट्रक दुर्घटना ३ को मृत्यु

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार ०५:४६ मा प्रकाशित

महाकाली राजमार्ग अन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डमा ट्रक दुर्घटना भएको छ ।

दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीको श्रोतल जनाएको हो ।

बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आलमका भाई पक्राउ


गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति १०१५ बजेको समयमा सडकबाट झण्डै १२० मिटर तल खसेको थियो ।

प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट अनुसार मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन भने अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।

घटना के कारण भएको छ भन्ने विषय अझै प्रष्ट न भएको र शव पोस्टमार्टम र परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x