१४ मंसिर २०८०, बिहीबार

राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख सापकोटासँग शिष्टाचार भेट

एसीपी संवाददाता

२७ फाल्गुन २०७६, मंगलवार ०६:५२ मा प्रकाशित

भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो। नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद्—संसद् र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x