१४ मंसिर २०८०, बिहीबार

राज्यमन्त्रीबाट राजीनामा गरेकी डिम्पल झा मन्त्रालयमा

एसीपी संवाददाता

१२ फाल्गुन २०७६, सोमबार १२:५० मा प्रकाशित

प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा गरेकी डिम्पल झा मन्त्रालय फर्केकी छन् । एक महिनापछि मन्त्रालय फर्केकी राज्यमन्त्री झा राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँग छलफल गरी कार्यकक्षमा पुगेकी थिइन्।
राज्यमन्त्री झा मन्त्री सोनलको कार्यकक्षमा बसेर मन्त्रालयको भावि रणनीति र कार्यदिशा बारे छलफल गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ। पार्टीले राजीनामा स्वीकृत नगरेपछि मन्त्रालयको कामकाजमा फिर्ता भएको राज्यमन्त्री झाले बताइन्।
‘राजपा अध्यक्ष मण्डलको निर्णय अनुसार एक महिनापछि जिम्मेवारी सम्हालेको छु,’ उनले भनिन्, ‘पार्टीको निर्णय पालना गर्न फर्केकी हुँ। मन्त्री पद पार्टीको निर्णय भन्दामाथि होइन। पार्टीको निर्देशन मानेर मन्त्रालय फर्केको छु।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x