४ श्रावण २०८१, शुक्रबार

रुसी सेनाद्वारा युक्रेनी लडाकु विमान नष्ट

एसीपी संवाददाता

२१ असार २०८१, बिहीबार ०५:०४ मा प्रकाशित

किएभ । रुसी सेनाले २४ घण्टामा युक्रेनको मिर्गोरोड एयरफिल्डमा आक्रमण सहित नौ वटा युक्रेनी लडाकु विमान नष्ट गरेको बताएको छ ।
उनीहरूले पश्चिममा निर्मित मिसाइल र धेरै ड्रोनलाई रोकेको दाबी गर्छन् । इस्कन्डर–एम मिसाइलहरूद्वारा गरिएका आक्रमणहरूले युक्रेनका  Su-27-MiG-29  विमानहरू क्षतिग्रस्त वा नष्ट भएका छन् ।

अमेरिका र युरोपियन देशहरु जर्मन, फ्रान्स र बेलायतले दिएका लडाकू विमानहरु रुसले नष्ट गरिदिएपछि युक्रेनलाई झड्का लागेको छ । विगत २ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ ।

अमेरिकाले युक्रेनको भूमिबाट रुसमाथि आक्रमणको तयारी गरेको सूचना पाएपछि रुसले युक्रेनमा आक्रमण थालेको जानकारहरु बताउँछन् । युद्धको चपेटामा परी डेढ करोड युक्रेनीहरु युरोप पलायन भएका समाचारहरु आएका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x