८ कार्तिक २०८१, बिहीबार

लघुबिमा सम्बन्धि देश ब्यापी अभिमुखीकरण कार्यक्रम

एसीपी संवाददाता

१२ पुष २०७६, शनिबार १२:३७ मा प्रकाशित


नेपालगन्ज बाँके पुस


शनिबार नेपालगन्ज बाँकेमा लघुबिमा संबंधित देश ब्यापी अभिमुखीकरण कार्यक्रम भएको छ ।
एन.एल.जिको मुख्य आयोजना, युके एडको समर्थन र एन. आइ.ए को व्यवस्थापनमा लघुबिमा संबंधित कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र बहादुर हमाल द्वारा पानसमा दियो बाली सुभ उद्घाटन भएको हो । प्रमुख अतिथी कार्यक्रमले दिन खोजेमो शिक्षा र सो संस्थाले लिएको कार्ययोजनाको सफलताको कामना गर्दै सम्बोधन गरेका हुन ।
कार्यक्रममा राकेश कुमार श्रेष्ठले अतिथिको स्वागत मन्तव्य राखी अतिथीलाई कार्यक्रम प्रती उत्साहीत बनाएका हुन ।
संस्थाको क्षेत्रीय कार्यलयका प्रतिनिधि सुशील कुमार श्रेष्ठले लगुबिमा, कृषकको लागि बाली नाली तथा पशुबिमा सम्बोधन गर्दै बिमाको महत्त्व र प्रभावकारितामा प्रकाश पारेका हुन । साथै लघुबिमाको प्रबर्द्धनका लागि बिमा समिति, नेपाल बिमक संघ, पुल कम्पनी,निर्जीवन बिमा कम्पनीहरु र स्थानीय निकायका भुमिकाको बारेमा पनि सम्बोधन गरेका हुन ।
नेपाल बिमक संघ र युके एड सक्षमको सहकार्यमा संचालित लगुबिमा कार्यक्रमको सभापती, वडा अध्यक्ष सुनिल सिंह हमाल, बिमक र पत्रकारको उपस्थितिमा कार्यक्रमको समापन तथा कार्यान्वयन भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x