लापरवाहि र चिसोका कारण कोरोना संक्रमितका गम्भीर बिरामी बढदै
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ४ पुग्दा १५ प्रतिशतमा गम्भीर प्रकृतिको लक्षण देखिएको छ । एकतातिर स्वास्थ्य सुरक्षमा लापरवाहि र अर्कोतिर चिसो बढ्दै गएपछि कोरोना संक्रमित हुने मध्य गम्भीर प्रकृतिका बिरामी बढ्न थालेका सुदूरपपिश्चम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।
उहाँका अनुसार चिसो बढ्दै जाँदा संक्रमण भएका विरामीमा गम्भीर प्रकृतिका लक्षण देखिने क्रम बढी हुने गरेको बताउनुभयो । ‘कोरोना संक्रमणबाट बच्न नागरिकले चिसो याममा अझै सावधानी अपनाउन जरुरी छ,’ उहाँले भन्नुभयो– ‘अहिलेको लापर्वाहीले रोगको जोखिम हुने र मृत्युदर बढ्ने संभावना उच्च छ। ‘
सामाजिक विकास मन्त्रालयका अनुसार हाल सुदूरपश्चिममा २४ सय ५२ सकृय संक्रमित रहेका छन् । प्रवक्ता कार्कीका अनुसार मंसिर सुरु भएसंगै कोरोना संक्रमण भएका विरामीले आईसियू भरिन थालेका छन्। ‘सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण निको हुने दर ८० प्रतिशत पुगेको छ। बुधबार सम्म प्रदेशभरि १० हजार १ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ४६ जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा सवैभन्दा बढी संक्रमितको मृत्यु भएको छ। हाल सम्म कैलालीका २५, कञ्चनपुरका ७, अछाम, बाजुरा र दर्चुलाका २÷२ जना, डडेल्धुरा र बझाङका ३-३ जना तथा डोटी र बैतडीका १-१ जनाको मृत्यु भएको छ।


