१७ मंसिर २०८०, आईतवार

विभिन्न कार्ययोजना पारित गर्दै समाबेसी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेको बैठक सम्पन्न

एसीपी संवाददाता

८ माघ २०७६, बुधबार ०४:४७ मा प्रकाशित


लक्ष्मी तिमिल्सेना माघ ७ गते
विभिन्न कार्ययोजना पारित गर्दै समाबेसी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेको बैठक सम्पन्न भएको छ ।
पीडितलाई उनीहरुको अधिकारबारे सचेतना जगाउने, स्थानीय सरकारलाई द्वन्द र द्वन्द पीडितहरुका सवालमा संवेदनशील वनाउने, सेवाप्रदायक निकाय सम्म पीडितको पहुँच बढाउने, वजेट विनियोजन र पीडितको त्यसमा पहुँच अभिवृद्धि गर्नका लागि विभिन्न १६ वटा कार्ययोजना पारित गरेको हो ।
सो सञ्जालको बार्षिक कार्ययोजनामा कचहरी नाटक, द्वन्द पीडितहरुको कथा र फोटो प्रदर्शनी, पालिका स्तरीय संवाद, स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरु सँग ताकेता बैठक, द्वन्द्व पीडितहरुलाई मनोसामाजिक परामर्श लगाएतका अन्य कार्यक्रमहरु रहेको सञ्जालका जिल्ला संयोजक चन्द्रकला उप्रेतीले जानकारी दिएकी छन् ।
संक्रमणकालीन न्याय प्रकृयालाई सहयोग पुर्याउने लक्ष्यले गठन गरिएको उक्त सञ्जालले द्वन्द्व पीडितहरुको न्यायमा पहुँच बढाउने, द्वन्द्व पीडितहरुको सशक्तिकरण गर्ने, उनिहरुका आवश्यकताहरुलाई संबोधन गर्न स्थानिय सरकार तथा वडा कार्यालयहरुसंग समन्वय अनि पैरवि गर्ने र सेवा प्रदायक निकाय सम्म पीडितको पहँच बढाउने र पैरवी गर्ने उद्देश्य लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x