४ श्रावण २०८१, शुक्रबार

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि

एसीपी संवाददाता

१२ जेष्ठ २०७७, सोमबार ०८:०० मा प्रकाशित

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ  । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको हो   । सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै भेरी अस्पताल, नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला, गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराको कलैया र कोटवालीका २ जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x