२ श्रावण २०८३, शनिबार

सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८ औं दिनमा अनसन तोडियो

एसीपी संवाददाता

२५ आश्विन २०७७, आईतवार ०५:३१ मा प्रकाशित

सरकारसँग भएको ८ बुँदे सहमतिपछि अनशनरत डा. गोविन्द केसीले २८ औं दिनमा अनशत तोड्नुभएको छ ।
शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार डा. केसीले १९ औं अनशन तोड्नुभएको हो । उहाँलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय सफाई कर्मचारी विकास नेपालीले जुस खुवाउनु भएको थियो ।

चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार

डा. केसीले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिनुभयो । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाउनु भएको थियो । बाइट….

त्यसअघि शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन सुरु गर्नुभएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो । अनशन तोडिएपछि केसीको उपचार आइसियुमा गरिएको छ ।

डा.केसीको मागका लागि सरकार गम्भिर नभएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन

डा.केसीको माग तत्काल सम्बोधन गर्न बाँकेमा नागरिक स्तरबाट दबाव शुरु

एकै दिन नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८ औं द… […]

1
0
Would love your thoughts, please comment.x
()
x