३१ जेष्ठ २०८१, बिहीबार

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका रौनियार प्यानलको प्रतिबद्धता–पत्र सार्वजनिक

एसीपी संवाददाता

३ माघ २०७६, शुक्रबार १२:४१ मा प्रकाशित


नेपालगञ्ज, माघ ३ ।
यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको प्रचार कार्यालय भानुभक्त चोक न्यूरोडमा शुक्रबार एक समारोहका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाई, नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौेडल, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका पूर्वअध्यक्ष जगदीश बैश्य, काँग्रेस नेता सुरेश कनोडियालगाायतले ७ पृष्ठ लामो प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको हो । रौनियार समूह विजयी भए उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्ने, उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको विश्वास पुनः फर्काउने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।


प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै प्रचार संयोजक धु्रब प्रसाद दाहालले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर अस्तव्यस्त नेपालगन्ज बजारलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । संस्थागत विकासदेखि पेशागत तथा बिषयगत संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ । प्रतिबद्धता–पत्रमा व्यवसायिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने, सूचना र संचार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ । प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै संघका पूर्वअध्यक्ष अच्युत प्रसाईले उद्योग बाणिज्य संघको गरिमा जोगाउन रौनियार प्यानल जित्नुको विकल्प नभएको बताउनुभयो । संघमा परिपक्व नेतृत्व जरुरी छ उहाँले भन्नुभयो–‘रौनियार प्यानल सक्षम र योग्य छ ।’ प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णु लामिछानेले स्वागत मन्तव्य दिनुभएको थियो ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहनुभएको छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x