८ मंसिर २०८३, सोमबार

होटलमा चिनियाँ नागरिक पियान छाङ सिन मृत फेला

एसीपी संवाददाता

१७ असार २०८१, आईतवार ११:४३ मा प्रकाशित

भरतपुर– चितवनको भरतपुरमा रहेको एक होटलमा चिनियाँ नागरिक पियान छाङ सिन मृत फेला परेका छन्।

उनलाई बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा मृत अवस्थामा फेला पारिएको हो। ५६ वर्षीय छाङ सिन असार १० गतेदेखि सो होटलमा बसेर बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।

उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x