११ थान बन्दुकसहित ११ जना प्रहरीको फन्दामा
बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।
अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो ।
- चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी
- तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने
- ताइवान माथी आक्रमण गर्ने धम्की ?
प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बन्दुकसहित नियन्त्रणमा लिइएकाहरुको बयानका आधारमा गाउँमा थप बन्दुकहरु पनि लुकाइएको आशंकामा खानतलासी गर्दै आएको छ ।
बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । हेटौडाटुडेबाट




