चिनियाँ अधिकारीहरुद्धारा १२ प्रजातन्त्र समर्थितलाई ब्यापाक यातना संग्गै जेल सजाय गरे पछि विश्वभरबाट बिरोध
एजेन्सीहरुबाट । चीनले हङकङबाट ताइवान भाग्न खोजेका १२ प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई जेल सजाय तोकिएपछि विश्वभरबाट आलोचना भएका छन् ।
क्यानडाको सरकारले मंगलबार चीनले १२ जना हङकङ प्रजातन्त्र समर्थकको न्यायिक प्रक्रियामा आफ्नो चिन्ता व्यक्त गर्दै सुनुवाइ पारदर्शी गर्न आग्रह गरेको छ ।
गत अगस्तमा शेन्जेनमा पक्राउ गरिएका १२ जनालाई लामो समयदेखि हिरासतमा राखेर यातना दिएको थियो । यी कार्यकर्ताहरूलाई शेन्जेन १२ पनि भनिन्छ ।
क्यानाडाको सरकारले चीनलाई अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड र मान्यताअनुरुप उचित प्रक्रिया र न्यायिक पारदर्शिता अनुरुप परीक्षण गर्न आग्रह गरेको छ ।
क्यानडा सरकारको विदेश नीतिको ह्याण्डलबाट ट्विट गर्दै भनिएका थिए, “क्यानडाले #शेन्जेन १२ भन्ने गोप्य मुद्दाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछ । हामी चिनियाँ अधिकारीहरुलाई अन्तर्राष्ट्रिय #ह्युमनराइट्स मापदण्ड र मान्यताअनुरुप उचित प्रक्रिया र न्यायिक पारदर्शीता अनुरुप मुद्दा चलाउन आग्रह गर्दछौं ।”
हङकङमा प्रजातन्त्र समर्थित १२ जनाको समूहलाई चिनियाँ अधिकारीहरुले यातना दिइरहेको छ । चीनले हङकङबाट ताइवान भाग्न खोजेका १२ प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूको समूहलाई नियन्त्रणमा लिएर यातना दिइरहेको छ ।
चीनको उक्त कदमको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले बिहीबार आलोचना गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निन्दा गर्दै विदेशमन्त्री पोम्पिओले नियन्त्रणमा लिइएका प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।
हङकङबाट ताइवान भाग्न खोजेको भन्दै १० जना व्यक्तिलाई सामुद्रिक अधिकारीहरूले पक्राउ गरेका थिए । अगस्तमा स्पीडबोटबाट ताइवान पुग्न खोजेका थिए । लामो समय हिरासतमा राखिएका उनीहरुलाई शेन्जेन अदालतले बुधवार सात महिनादेखि तीन वर्षसम्मको जेल सजाय सुनाइएको थियो । दुई नाबालिग यात्रु हङकङ प्रहरीलाई हस्तान्तरण गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
एक विज्ञप्तिमा पोम्पीओले भने, “चिनियाँ कम्युनिष्ट पार्टी र यसका स्थानीय अधिकारीहरु” ले आफ्नो कानुनको शासनलाई नष्ट नगरेसम्म र हङकङका जनताको स्वतन्त्रता नलिएसम्म हङकङ एक सम्पन्न क्षेत्र हो ।”
“हङकङ १२” जसले यस तानाशाहीबाट भाग्न खोजेका थिए उनीहरुलाई विभिन्न मुलुकहरुले स्वागत गरेको थियो । शीर्ष अमेरिकी कूटनीतिज्ञले सीसीपीलाई ‘एक शासन’ भने जसले विश्वव्यापी नेतृत्वमा ‘कुनै दाबी राख्न’ सक्दैन । “आफ्नै जनतालाई छोड्नबाट रोक्ने व्यवस्थाले महानता वा विश्वव्यापी नेतृत्वको कुनै दाबी गर्न सक्दैन । यो केवल एक नाजुक तानाशाही हो, आफ्नै मुलुकका नागरिकसँग डराएको तानाशाह हो,” उनले थपे ।



[…] […]
[…] […]