२४ श्रावण २०८३, आईतवार

चीनले बुझेन् नेपाली ब्यापारीहरुको मर्का

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार १८:३४ मा प्रकाशित

काठमाडौं, २९ माघ । नेपालतर्फको दुवै नाका पूर्ण रुपमा सञ्चालन गर्न चीन सकारात्मक रहेको छ । एक वर्षदेखि आंशिक रुपमा मात्रै सञ्चालन भइरहेको रसुवागढी र तातोपानी नाका सञ्चालनको लागि चीन सकारात्मक बनेको हो ।

नेपाली उद्योगी व्यवसायीहरुले ठूलो गुनासो गरेपछि निरन्तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ पक्षसँग छलफल गरेको हो । त्यस छलफलमा चिनियाँ पक्ष पूर्ण रुपमा नाका सञ्चालन गर्न सकारात्मक बनेको हो ।

मन्त्रालयका एक अधिकारीले अहिले चीतर्फबाट आंशिक आयात भइरहेको जानकारी दिँदै निर्यात ठप्प भइरहेको अवस्थामा आयातलाई भने पूर्ण रुपमा खोल्न चीन तयार भएको बताए ।

उनले भने, ‘गत वर्ष वैशाखदेखि नै पटक–पटक हामी यस विषयमा छलफल गरिरहेका छौँ । उनीहरु नाका खुलाउन पहिले मात्रै सकारात्मक बनेका छन। सायद आगामी हप्तादेखि नाका पूर्ण रुपमा सञ्चालन होला ।’

अहिले नेपाल–चीन आयात निर्यात हुने रसुवागढी र तातोपानी दुईवटा मात्रै नाका छन् । आगामी हप्तादेखि पूर्ण रुपमा तातोपानी नाका खुलाउने र त्यसपछि रसुवागढी नाका पनि पूर्ण रुपमा नै सञ्चालन गर्ने प्रतिबद्धता चिनियाँ पक्षले देखाएको हो ।

तातोपानी नाका गत वर्ष कात्तिकदेखि पूर्णरुपमा सञ्चालन आउनसकेको थिएन भने रसुवागढी नाका गत माघदेखि बन्द भएको थियो । यी दुवै नाका साउनदेखि आंशिक रुपमा सञ्चालनमा थिए ।

नेपाली व्यवसायीहरुले भने चिनियाँ नाका बन्द हुँदा ठूलो मारमा परेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरुले नाका पूर्णरुपमा सुचारु गर्न भन्दै गर्दै आएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल आंशिक रुपमा सञ्चालन गर्दा गत वर्षदेखि रोकिएको कन्टेनर अहिलेसम्म आउन नसकेको बताउँछन् । यो समाचार मधेशवाणीबाट साभार गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x