१२ मंसिर २०८३, शुक्रबार

दुर्लभ वन्यजन्तु रेडपाण्डाको अवैध छालासहित तीन जना पक्राउ

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार ०५:२४ मा प्रकाशित

बाँकेमा आज दुर्लभ वन्यजन्तु रेडपाण्डाको अवैध छालासहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौडीस्थित एक होटलबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

रेडपाण्डाको छालाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले सुर्खेतको भेरीगंगा नगरपालिका १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ का ११ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरत बहादुर पुनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलको ११३ नम्बर कोठा खानतलासी गर्ने क्रममा झोलामा लुकाइराखेको अवस्थामा दुई थान रेडपाण्डाको छाला बरामद गरेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x