११ मंसिर २०८३, बिहीबार

नेकपाको बिवाद बढ्दै बिद्यार्थी संगठनका संयोजक महर आउट

एसीपी संवाददाता

१० पुष २०७७, शुक्रबार १६:१६ मा प्रकाशित

फाइल तस्बिर
नेपाल कम्युनिस्‍ट पार्टीको विवाद भातृ संगठनमा पनि देखिन थालेको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ ।

संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् ।

चीनको दोहोरो चरितार्थका कारण नेपाली ब्यापारी दु:ख पाउदै

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा बिवाद बढदै जादा यान्छी केपि ओलिलाई भेट्न् जादा समय दिएनन् प्रधानमन्त्रीले

सरकारले संसद विघटनको कदम चालेपछि नेकपा अहिले विभाजित छ । प्रचण्ड- माधव समूह र ओली समूहले बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक गरेका छन् ।

अनेरास्वयियूका सहसंयोजक तामाङ प्रचण्ड- माधव समूहतिर छन् भने संयोजक महर केपी ओली समूहतिर छन् । साभार – अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x